काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले मंगलबार (पुस १) बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको हो ।
त्यस्तै डिजेल र मट्टीतेलको मूल्य भने घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरमा चार रुपैयाँले घटाइएको निगमले जनाएको छ ।
मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ ।












प्रतिक्रिया