काठमाडौँ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री यादवको सिफारिसमा नियुक्त भएका दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सोमबार साँझ लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति र माओवादी केन्द्रका जवाहरलाल कुश्वाहाले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रीको रूपमा शपथ लिएका हुन् ।
यस्तै कांग्रेसका जंगिलाल रायले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कनिष पटेलले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।त्यस्तै महेशप्रसाद यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ।











प्रतिक्रिया