काठमाडौँ।
नेकपा एमालेका नेता शंकर पोखरेलले चुनौततिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण आफूले महासचिव पदमा दोहोरिने निर्णय गरेको बताएका छन्।
पार्टीको बन्दसत्रस्थल भृकुटीमण्डपमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको राष्ट्रिय राजनीति चुनौतीपूर्ण अवस्थामा रहेको कारण उक्त चुनौतीहरू चिर्न सिंगो पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्न खोजिरहेको जिकिर गरे । उनले पार्टीमा गर्न बाँकी कम्युनिष्ट आन्दोलनका कामहरु सम्पन्न गर्न पार्टीको निर्देशनअनुसार कार्यकर्ताहरु चल्नुपर्ने आवश्यकता रहेको पनि बताएका छन्।
नेता पाेखरेलले केपी शर्मा ओलीको नेतृत्वमा मुलुकको राजनीतिमा देखिएका चुनौतीहरु सामना गर्ने संकल्प समेत आफूहरुले गरेको बताए।











प्रतिक्रिया