चितुवा पासोमा 

940
Shares

बैतडी।

बैतडीमा चितुवा पासोमा फसेको छ । जिल्लाको सिगास गाउँपालिका–२  धौलाडी , भिमराडीमा जंगली जनावरका लागी थापेको पासोमा चितुवा फसेको हो ।
स्थानीयले थापेको पासोमा अन्दाजी तीन बर्षको चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले जानकारी दिए । गएराति नै चितुवा पासोमा परेको आज बिहान मात्रै जानकारी आएको हो  ।

अहिले  सिगास सब डिभिजन बन कार्यालय गाजरीबाट उक्त क्षेत्रमा टोलि खटिएको छ । चितुवाको अगाडि पट्टीको दायाँ खुट्टा पासो फसेको सिगास सब डिभिजन बन कार्यालय गाजरीका रेन्जर चन्द्र सिंह धामीले बताए।

चितुवाको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोलीसंग समन्वय भैरहेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।