काठमाडौँ।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूलाई कित्ताकाट नगर्न आग्रह गर्दै आफ्नो कित्ता एमाले भएको बताएका छन्।
एमालेको ११औं महाधिवेशन स्थलमा संचारकर्मीसँग कुरा गर्दै नेता बास्कोटाले एमाले पार्टीले निर्माण गरेको जगभित्र र यसको अभ्यासभित्र प्रतिस्पर्धा गर्ने कुरा सामान्य भएको बताएका छन्। उनले पदीय कुरामा इच्छा आकांक्षाहरुमा मत मात्रै नमिलेको बताए।
आफू जन्ती र मलामी नै ईश्वर पोखरेल र केपी ओलीको नभएको समेत उनकाे भनाइ छ। एमालेको हरेक महाधिवेशनमा प्रतिस्पर्धाको अभ्यास भइरहेको नेता बास्कोटाले बताए।











प्रतिक्रिया