एमाले महाधिवेशन: आज उमेदवारी दर्ता, भोलि मतदान


काठमाडौँ।

नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनका लागि आज उमेदवारी दर्ता हुने भएको छ । एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भइसकेको छ । आइतबार साँझ जारी कार्यतालिकाअनुसार सोमबार बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध र सुधारको सूचना सार्वजनिक गरेकाे छ ।

बिहान १०ः३० बजेदेखि १ः३० बजेसम्म उमेदवारको दर्खास्त फाराम दर्ता गर्ने, दिउँसो २ः३० बजे उमेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने, दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ ।

दिउँसो ३ः१० बजे उजुरीउपर छानबिन र निर्णय गर्ने, दिउँसो ३ः१० बजेदेखि ५ बजेसम्म उमेदवारको नाम फिर्ता गर्ने र बेलुका ६ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

निर्वाचन कार्यतालिकाअनुसार, भोलि पुस १ गते ११ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ।