केह दो, होना था जोलगायतका करिब आधा दर्जन बलिउड गीत गाएका गायक उज्वल बाबुको नेपाली गीत फ्यान चल्यो घामको धुपैमा सार्वजनिक गरिएको छ। उज्वललाई गायनमा मेरो भ्वाइस युनिभर्स सिजन २ की प्रतियोगी गायिका जुनु प्रसाईंले साथ दिएकी छन्। रोमान्टिक शैलीको गीतमा प्रेमीले प्रेमीलाई अहिले माया देखाएर पछि धोका दिन नमिल्ने र जीवनभर साथ दिनुपर्ने आशय व्यक्त गरिएको छ। गीतमा शब्द, संगीत र एरेन्जमेन्ट बाबुल गिरीको छ।
गीतमाथि भिडियो पनि बनाइएको छ। गीतको भिडियोमा उदयराज गिरी र बिना राउतले अभिनय गरेका छन्। उदय र बिना रोमान्टिक प्रेम जोडीको रूपमा प्रस्तुत भएका छन्। सुरेन्द्र बसेलको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छाया“कन र राकेश दाहालको सम्पादन छ। भिडियो अनुराधा गिरी र मदन प्रसाईंले निर्माण गरेका हुन्। ७ वर्षदेखि भारतमा रहेर संगीतमा क्रियाशील उज्वलले थुप्रै हिन्दी गीतमा स्वर दिएका छन्।











प्रतिक्रिया