एमालेकाे निर्वाचन तालिका सार्वजनिक, पुस १ मा मतदान


काठमाडौँ।

नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । आइतबार साँझ निर्वाचन तालिका सार्वजनिक गरिएको हो ।

पुस १ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय तोकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षमा भिड्ने भएका छन् ।