काठमाडौँ
भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स ३ सय प्रो नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
व्यावसायिक मोबाइल फोटोग्राफीलाई नयाँ स्तरमा पु¥याउने उद्देश्यसहित तयार गरिएको एक्स ३ सय प्रोले अत्याधुनिक जाइस क्यामेरा प्रविधि, उच्चस्तरीय कार्यसम्पादन र उन्नत सफ्टवेयर अनुभवलाई एउटै डिभाइसमा समेटेको छ, जसले यसलाई भिभोको अहिलेसम्मकै सबैभन्दा परिष्कृत स्मार्टफोन बनाएको छ ।
भिभो एक्स ३ सय प्रो प्रिमियम रङ विकल्प फ्यान्टम ब्ल्याक (कालो) र ड्युन ब्राउन (खैरो) मा उपलब्ध छ । यसको मूल्य १ लाख ७९ हजार ९ सय ९९ तोकिएको छ । यो स्मार्टफोन मंसिर २९, २०८२ देखि दराज तथा देशभरका आधिकारिक बिक्री केन्द्रमा उपलब्ध हुनेछ ।
एक्स ३ सय प्रोको केन्द्रमा रहेको यसको व्यावसायिक इमेजिङ सिस्टम जाइससँगको सहकार्यमा विकास गरिएको हो । यस स्मार्टफोनमा २ सय मेगापिक्सेल जाइस एपीओ टेलिफोटो क्यामेरा समावेश गरिएको छ । जसले अल्ट्रा(सेन्सिङ एचपीबी सेन्सर र सिपा ५.५–रेटेड स्टेबलाइजेसनमार्फत टाढाका दृश्यलाई पनि अत्यन्त स्पष्ट र स्थिर रूपमा कैद गर्न सक्षम बनाउँछ । यसलाई एलवाईटी–८२८ सेन्सरसहितको जाइस गिम्बल–ग्रेड मेन क्यामेराले साथ दिएको छ । जसले उज्यालो तथा कम प्रकाश दुबै अवस्थामा प्राकृतिक रङ र सूक्ष्म विवरण प्रस्तुत गर्छ ।
क्यामेरा अनुभवलाई थप सशक्त बनाउन प्रो इमेजिङ चिप भिएस १ र सह–विकसित डाइमेन्सिटी ९५०० भि ३ प्लस इमेजिङ चिप प्रयोग गरिएको छ । यस संयोजनले छिटो इमेज प्रोसेसिङ, उत्कृष्ट लो–लाइट कार्यसम्पादनका साथै २०× लङ रेन्जमोसन स्न्यापसट र टेलिफोटो फ्लावर एन्ड बर्ड सट्स जस्ता फिचर प्रदान गर्छ, जसमा जाइसको विशिष्ट मिरर रिङइफेक्ट समावेश गरिएको छ । साथै, ५० मेगा पिक्सेल जाइस वाइड एङ्गल फ्रन्ट क्यामेराले ठूलो फ्रेम कभरेजसहित प्राकृतिक सेल्फी अनुभव प्रदान गर्छ ।
क्यामेरा क्षमतासँगै, एक्स ३ सय प्रोले नेपालमा ओरिजिन ओएस ६ को सुरुवात गरेको छ । उन्नत एआई प्रणाली र परफर्मेन्स इन्जिनद्वारा सञ्चालित यो अपरेटिङ सिस्टमले सहज ट्रान्जिसन, छिटो प्रतिक्रिया र प्रयोगकर्ताको दैनिक प्रयोगलाई अझ सहज बनाउने अनुभवप्रदान गर्छ । ओरिजिन आइसल्यान्डले सन्दर्भ अनुसारका रिमाइन्डर र रियल टाइम सुझाव प्रस्तुत गर्छ भने भिभो अफिस किटले फोन–टु–पिसी कनेक्टिभिटी, फाइल ट्रान्सफर र मल्टि–डिभाइस उत्पादकत्वलाई सहज बनाउँछ ।
यस स्मार्टफोनमा जाइस मास्टर कलर डिस्प्ले, ८टी एलटीपीओ टेक्नोलोजी र १.१ मिलिमिटर अल्ट्रा–स्लिमसिमेट्रिक बेजेल प्रयोग गरिएको छ, जसले आकर्षक र आरामदायी अनुभव दिन्छ । डाइमेन्सिटी ९५०० प्रोसेसर द्वारा सञ्चालित एक्स३०० प्रोमा ६५१० मिलि आम्पियर ब्लुभोल्ट ब्याट्री, ९० वाट फ्ल्यास चार्ज सुविधा र ४० वाट वायरलेस फ्ल्यास चार्ज सुविधा उपलब्ध छ ।
साथै, आईपी ६८ तथाआईपी ६९ रेटिङ, आर्मर ग्लास, र थ्रीडी अल्ट्रा सोनिक फिङ्गर प्रिन्ट स्क्यानिङ २.० ले यस स्मार्टफोनलाई दैनिक प्रयोगका लागि मजबुत, सुरक्षित र भरपर्दो बनाएको छ ।
समग्रमा, भिभो एक्स३०० प्रो ले व्यावसायिक क्यामेरा क्षमता, उन्नत सफ्टवेयर अनुभव, उच्चस्तरीय कार्यसम्पादन र प्रिमियम डिजाइनको संयोजनमार्फत नेपाली प्रयोगकर्तालाई एक सम्पूर्ण फ्ल्यागशिप स्मार्टफोन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।











प्रतिक्रिया