शहीद रजकका परिवारसँग सञ्चारमन्त्री खरेलको भेट


काठमाडौ ।

अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजावादी आन्दोलनमा ज्यान गुमाएका शहीद पत्रकार सुरेश रजकका परिवारसँग भेटवार्ता गर्नुभएको छ।

शनिबार रजकको परिवारलाई भेट्दै मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की लगायत सरोकारवालाहरूको चाहनाअनुसार रजकलाई शहीद घोषणा गरिएको बताउनुभयो।

उहाँले शहीद घोषणा भएसँगै रजक अमर बनेको र सधैँ सम्झिरहने उल्लेख गर्नुभयो। पत्रकारको कार्यस्थलमै मृत्यु हुनुपरेको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री खरेलले आगामी दिनमा यस्ता घटना हुन नदिन राज्य सतर्क रहने प्रतिबद्धता जनाउनुभयो।