काठमाडौ ।
नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले निर्वाचनअघि सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गर्नुभएको रोडम्यापसँग मेल खाने गरी उहाँले निर्वाचनअघि नै सर्वपक्षीय सरकार आवश्यक रहेको जिकिर गर्नुभयो।
शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै महासचिव विप्लवले सर्वपक्षीय अन्तरिम सरकार बनाएर मात्रै निष्पक्ष निर्वाचनमा जान उपयुक्त हुने बताउनुभयो।
उहाँले वर्तमान सरकार अध्यारो कुनाबाट बनेको अवैध रहेको आरोप लगाउँदै राजनीतिक दलहरूको नेतृत्वमा सरकार बनेपछि मात्र निर्वाचन गराउन सकिने तर्क प्रस्तुत गर्नुभयो।











प्रतिक्रिया