काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रजातन्त्र, बहुदलीय व्यवस्था र समावेशीतालाई जोगाएर नयाँ समझदारीसहित मुलुक अगाडि बढ्नुपर्ने बताएका छन्। नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उहाँले राजनीतिक दल, परम्परागत शक्ति र नवपुस्ताबीच समझदारी गर्नु नै विकल्प भएको बताए।
लिङदेनले २००७, २०४६ र २०६२÷०६३ का उपलब्धिहरू प्रजातन्त्र, बहुदलीय व्यवस्था र समानुपातिक समावेशीताका आधारभूत सिद्धान्तका रुपमा सबैले स्वीकार गर्नुपर्ने उल्लेख गर्नुभयो। उहाँका अनुसार सबै शक्तिबीचको समझदारीबाट मात्र देशलाई स्थिरता र प्रगतितर्फ अघि बढाउन सकिन्छ।
अध्यक्ष लिङदेनले हाल मृत अवस्थामा रहेको संविधानलाई खण्डन गरेर मुलुकमा थप जोखिम निम्त्याउनु हुँदैन भनी चेतावनीसमेत दिनुभयो।











प्रतिक्रिया