“महाधिवेशनमा जनसागर उर्लिँदै एमाले अझ सशक्त: अध्यक्ष ओली”


काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अजम्बरी रहेको दाबी गर्नुभएको छ। शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित ११ औं महाधिवेशन उद्घाटन समारोहमा उहाँले मुलुकमा लोकतन्त्र अजय रहेको र एमाले सान्दर्भिकता कायम राख्दै अजम्बरी रहेको बताउनुभयो।

अध्यक्ष ओलीले जेन-जी आन्दोलनप्रति लक्षित आलोचना र निषेधलाई चिर्दै पार्टीको महाधिवेशनमा जनसागर उर्लिएकाले एमाले अझ सशक्त भएको पनि बताउनुभयो। समारोहमा भएको उपस्थितिले आफूलाई गौरवान्वित बनाएको उहाँले उल्लेख गर्नुभयो।

https://drive.google.com/file/d/1B5njGutIB-xRwWkfswXCXl-X78Byti4z/view?usp=sharing