गुरुङः कम्युनिष्ट एकता नै मुलुकको विकल्प


काठमाडौं । 

पूर्वमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता देवप्रसाद गुरुङले मुलुकलाई संकटबाट निकाल्न सबै कम्युनिष्ट शक्तिहरूबीच एकता अनिवार्य रहेको बताउनुभएको छ।

भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले मुलुकको राष्ट्रियता सबैभन्दा बढी संकटमा पुगेको औँल्याउँदै कम्युनिष्टबीचको वृहत्तर एकता र लोकतान्त्रिक देशभक्त शक्तिहरूको सहकार्य अपरिहार्य भएको उल्लेख गर्नुभयो।