काठमाडौं ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेकपा एमालेले सर्वसम्मत विधि र प्रक्रियाबाट सक्षम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै महाधिवेशनले समयसापेक्ष नेतृत्व चयन गर्न योगदान पुर्याउने बताउनुभयो।
खड्काले मुलुकमा प्रमुख राजनीतिक दल कमजोर हुँदा निरङ्कुशता बढ्ने उल्लेख गर्दै राजनीतिक दलहरु बलियो हुनुपर्नेमा जोड दिनुभयो। उहाँले बहुदलीय व्यवस्थामा दलहरु संगठित, व्यवस्थित र जनप्रिय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।











प्रतिक्रिया