चितवन ।
सूचना प्रविधि उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजनको ‘वार्षिक वितरक भेला २०२५’ चितवनमा सुरु भएको छ।
नेपालका आधिकारिक वितरक म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिद्वारा आयोजित भेलामा देशभरका हिक भिजनका आधिकारिक वितरक सहभागी छन्। हिक भिजनका नेपाल व्यवस्थापक लियोन झि पनि कार्यक्रममा उपस्थित छन्।
भेलामा सहभागीहरूले ‘सिसिटिभी सर्भिलांस’, हाजिरी उपकरण, स्मार्ट इन्टरएक्टिभ बोर्ड, लक सिस्टम, गेट ब्यारियर, अलार्म र फायर स्मोक डिटेक्टर लगायतका नवीनतम उत्पादन र फ्रेन्ड्ली सफ्टवेयरबारे जानकारी लिन सक्नेछन्।
म्याक्सिमा प्रालिका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले आगामी सन् २०२६ को योजना, सन् २०२५ को समीक्षा र उत्कृष्ट डिलरहरूको सम्मान कार्यक्रम हुने जानकारी दिनुभयो। सञ्चालक समितिका अध्यक्ष मणिकुमार तामाङले हिक भिजनका उपकरण भरपर्दा र गुणस्तरीय रहेको उल्लेख गर्नुभयो।











प्रतिक्रिया