म्याग्दी ।
धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण कार्य सुरु भएको छ। वडाध्यक्ष यामबहादुर घर्तीले दोभानदेखि अर्चेको फेदीसम्म आठ किलोमिटर लामो मार्ग निर्माणको उद्घाटन गर्नुभएको हो।
प्रवद्र्धक कम्पनी एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रचरका अनुसार, पहुँचमार्ग निर्माण पूरा भएपछि बाँध, सुरुङ र विद्युत्गृह निर्माण थालिनेछ। आयोजनाको चार किलोमिटर सुरुङ रहनेछ र ३३७ मिटर हेडमा बाँध र विद्युत्गृह निर्माण हुनेछ।
निर्मित विद्युत् नेपाल विद्युत् प्राधिकरणको १३२ केभी क्षमता भएको डाँडाखेत सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा जोडिनेछ। आयोजनाको लागत प्रतिमेगावाट १६ करोड रूपैयाँ अनुमान गरिएको छ।
मुदीखोलासँगै म्याग्दीमा अन्य जलविद्युत् आयोजना पनि निर्माणाधीन छन्, जसले जिल्लामा ऊर्जा उत्पादनमा वृद्धि गर्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया