“ओलीद्वारा एमालेको महाधिवेशनमा जनसमर्थन र पार्टी मजबुतिको दाबी”


काठमाडौ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताउनुभएको छ । नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै एमालेको सभामा उपस्थित मानिसहरूलाई मात्र एमाले हुने भन्ने ठान्न चेतावनी दिनुभएको छ ।

एमालेको महाधिवेशनमा उपस्थित जनसागर सागरको एक थोपा मात्र भएको ओलीले बताउनुभयो । नागरिकको यो उपस्थित लोकतन्त्र र एमाले प्रतिको जनविश्वास भएको ओलीले बताउनुभयो । ‘लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ’, उहाँले भन्नुभयो । एमाले जस्तो लोकतन्त्र र जनताको हितमा समर्पित शक्तिलाई निर्णायक शक्ति बनाउनु पर्ने ओलीले बताउनुभयो । सिङ्गो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्य तर्फ नेकपा एमाले अघि बढेको उहाँले स्पष्ट पार्नुभयो ।

एमालेको सङ्कल्प कुनै राजनीतिक स्टनबाट नभएर साकार पार्न गरिएको प्रतिबद्धता भएको बताउनुभयो । देशमा सुशासन र विकास चाहने सम्पूर्ण शक्तिले एमालेलाई साथ दिएका र दिने उहाँले दाबी गर्नुभयो । उहाँले कम्युनिष्ट पार्टी जति बलियो भयो त्यति नै राष्ट्रियता बलियो हुने बताउनुभयो । आठ दशकको गौरवशाली यात्रामा नेपालको कम्युनिष्ट पार्टीले केही गौरवमय मानक स्थापित गरेको बताउनुभयो ।

नेकपा एमाले सामाजिक न्याय र सामाजिक न्यायको सुरुवाती अभियन्ता भएको उहाँले बताउनुभयो । एमालेको कारण नागरिकहरूले जीवनको आधार भएको ओलीले दाबी गर्नुभयो । एमाले समावेशिताको अगुवा भएको बताउँदै उहाँले राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशितालाई स्थापित गरेको उहाँले बताउनुभयो ।

नेकपा एमाले नेपाली विशेषता सहितको समाजवाद निर्माणको अभियन्ता भएको ओलीले स्पष्ट पार्नुभयो । एमाले गाउँमुखी र जनसहभागिता मूलक विकास तथा ठुला विकास योजनाको अभियन्ता समेत भएको ओलीले बताउनुभयो । नेकपा एमाले स्वप्नद्रष्टा पार्टी समेत भएको उहाँले दाबी गर्नुभयो ।