ओली: एमाले निर्वाचनबाट भाग्दैन, बहुमत ल्याउने क्षमता छ


काठमाडौं । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनबाट भाग्ने भन्ने कुरा गलत भएको बताउनुभएको छ।

शनिवार भक्तपुर सल्लाघारीस्थित तीनकुनेमा पार्टीको एघारौ महाधिवेशन उद्घाटन समारोहमा उहाँले भन्नुभयो कि डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त निर्वाचनमा एमालेले बहुमत ल्याउन सक्ने क्षमता राख्छ।

अध्यक्ष ओलीले मुलुकमा निर्वाचन गराउने दिशामा सरकार सक्रिय नभएको पनि जनाउनुभयो।