ओलीद्वारा एमाले अजम्बरी भएको दाबी


काठमाडौं । 

नेकपा (एमाले) का अध्यक्ष तथा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी अजम्बरी रहेको दाबी गर्नुभएको छ। शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित पार्टीको ११ औं महाधिवेशनको उद्घाटन समारोहमा उहाँले मुलुकमा लोकतन्त्र अजय रहेको र एमाले अजम्बरी रहेको उल्लेख गर्नुभयो।

अध्यक्ष ओलीले जेन–जी आन्दोलनप्रति लक्षित गर्दै एमालेको सान्दर्भिकता सकियो भन्ने टिप्पणी गर्नेहरूलाई चुनौती दिँदै, पार्टीको महाधिवेशनमा ठूलो जनसागर उपस्थित भएकोले आफू ढुक्कसँग भन्न सक्ने अवस्था आएको बताउनुभयो। उहाँले विरोधका प्रयासहरू चिर्दै पार्टीले अझै सुदृढ भूमिका निर्वाह गर्ने पनि स्पष्ट पार्नुभयो।