ट्रम्प गोल्ड कार्ड यानि गोल्डेन भिसा


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “ट्रम्प गोल्ड कार्ड“ सुरु गरेका छन्, जसलाई “गोल्डेन भिसा“ पनि भनिन्छ । र यसलाई फास्ट ट्रयाक भिसा भनेमा कुनै गल्ती हुँदैन । यो गोल्ड कार्डले धेरैभन्दा धेरै आर्थिक योगदान गर्न चाहनेहरूलाई स्थायी बसोबास प्रदान गर्नेछ । यति मात्र होइन, स्थायी बसोबासले अमेरिकी नागरिकता पनि दिलाउन सक्छ ।

गोल्ड कार्डले अमेरिकाले शीर्ष प्रतिभालाई आकर्षित गर्ने र कायम राख्ने तरिकालाई पूर्ण रूपमा परिवर्तन गरेको छ । ट्रम्पले एक सामाजिक प्लेटफर्ममा पोस्टमा भनेका थिए्, “अमेरिकी सरकारको ट्रम्प गोल्ड कार्ड सुरु भएको छ । यो सबै योग्य र जाँच गरिएका व्यक्तिहरूको लागि नागरिकताको सीधा बाटो । हाम्रा महान अमेरिकी कम्पनीहरूले अन्ततः आफ्नो बहुमूल्य प्रतिभालाई कायम राख्न सक्षम हुनेछन्।“

स्थायी बसोबास (पीआर) को परिवर्तन नियमहरूः

गोल्ड कार्डले अमेरिकामा पीआर प्राप्त गर्ने प्रक्रिया परिवर्तन गरेको छ । पहिले, नोकरशाही नियमहरू पालना गर्दै पीआर प्राप्त गर्नु आवश्यक थियो, अब, यदि धेरै पैसा छ भने, अमेरिकामा तुरुन्तै स्थायी रूपमा बसोबास गर्ने विकल्प छ ।

गोल्ड कार्ड अनिवार्य रूपमा ग्रिन कार्डको प्रिमियम संस्करण हो । पहिले, विद्यार्थी–कामदारहरूले एच–वानबी भिसा जस्तो वर्क भिसामा काम गरेपछि ग्रिन कार्डको लागि आवेदन दिने अवसर पाउँथे । अब, यदि कसैसँग यथेस्ट पैसा छ भने, तिनीहरूले यसलाई सिधै किन्न सक्छन् ।

पीआर पाउन १ मिलियनको लगानी

गोल्ड कार्डमार्फत् पीआर लिन खोज्नेहरूले १ मिलियन डलर लगानी गर्नुपर्दछ । उनीहरूले रोजगारदाता समर्थित कोषमा २ मिलियन डलर लगानी गरेर पनि पीआर प्राप्त गर्न सक्दछन् । त्यस्तै, यदि कसैले ५ मिलियन डलर तिर्छन् भने उनीहरूलाई पहिले पीआर प्रदान गरिनेछ । गोल्ड कार्डको लागि योग्य व्यक्तिहरूलाई ईबी–वान वा ईबी–टू क्याटेगोरीमा राखिनेछ । यी दुई क्याटेगोरीहरूमा रोजगारीमार्फत् ग्रीन कार्ड प्राप्त चाहनेहरूलाई सामेल गर्दछ ।

गोल्ड कार्ड कामदार र विद्यार्थीहरूका लागि खुसीको खबर

अमेरिकी कम्पनीहरूलाई प्रतिभाशाली व्यक्तिहरू चाहिन्छ । गोल्ड कार्डले यो समस्यालाई सम्बोधन गर्न सक्ने अमेरिकी सरकारको विश्वास छ । त्यसो त यो प्रविधि, अनुसन्धान र वित्त जस्ता क्षेत्रहरूमा शीर्ष प्रतिभाहरूलाई आकर्षित गर्न कम्पनीहरूलाई मद्दत गर्न डिजाइन गरिएको हो । कम्पनीहरूसँग अमेरिकी विश्वविद्यालयबाट स्नातक गर्ने विद्यार्थीहरूका लागि गोल्ड कार्ड सुरक्षित गर्न ४१ मिलियन खर्च गर्ने विकल्प छ । कामदारहरूमा पनि यही नियम लागू हुन्छ । ट्रम्प आफैंले स्वीकार गर्छन् कि भिसा नीतिहरूले प्रतिभाशाली व्यक्तिहरूलाई उनीहरूको देशमा फिर्ता ल्याइरहेको छ ।