काठमाडौँ।
सरकारले जेनजी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको सम्झौता बमोजिम जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ।
सिंहदरकारमा बिहीबार बसेको मन्त्रीपरिषदकाे बैठकले सोही निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताएका हुन् । गत असोज ५ गते बसेको मन्त्रीपरिषद बैठकले गत भदौ २३ र २४ गतेको घटनाको लागि जाँचबुझ आयोग गठन गरेको थियो।
उनका अनुसार सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत नेपाल न्याय सेवा कानून समूह राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव पुष्कर सापकोटालाई निजामति सेवा ऐन, २०४९ को दफा ९ को उपदफा १ बमोजिम नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्ति गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ।
जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्री कार्कीबीच यही मंसिर २४ गते भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ। साथै अतिरिक्ताङ्क गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको उनले बताए । उक्त सम्झौता सम्वद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय भएको समेत उनकाे भनाइ छ।
सञ्चारमन्त्री खरेलले समाजकल्याण परिषदकाे रिक्त सदस्यसचिव पदमा नियुक्त गर्ने निर्णय भएको बताए ।











प्रतिक्रिया