मुगु कांग्रेसमा ठकुरीसहित ७ जनाको नाम सिफारिस


मुगु। 

नेपाली कांग्रेस मुगुले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस जिल्ला बाट पूर्व वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी सहित ७ जना उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।बुधवार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ कांग्रेस सभापति एवम निवर्तमान वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र पूर्व पार्टी सभापति खडकबहादुर शाही र महिला तर्फ रमाइली रावलको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी  समानुपातिक तर्फ कालोपोथी फिल्मका निर्देशक मीन भाम, भीम तिरुवा र केशरकला मल्लको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभा तर्फ कांग्रेस नेता तथा पूर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्लको एकल नाम सिफारिस गरिएको छ ।