काठमाडौँ
नेपाल बैंक लिमिटेड र पाटन हेल्थ ल्याब प्रा. लि. बीच उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । समझौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी तथा बैंकमा खाता भएका ग्राहकले पाटन हेल्थ ल्याब प्रा.लि., थसिखेल, ललितपुरमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् ।
यस्तै, प्याथोलोजी तथा अन्य ल्याब सेवामा १० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । साथै, बैंकका कर्मचारी तथा ग्राहकका लागि निःशुल्क होम–डेलिभरी सेवा पनि उपलब्ध रहनेछ ।
सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र पाटन हेल्थ ल्याब प्रा.लिका तर्फबाट प्रबन्ध निदेशक सरिता खड्काले हस्ताक्षर गर्नुभएको छ ।
यस सम्झौताबाट नेपाल बैंकका कर्मचारी तथा ग्राहकहरूले पाटन हेल्थ ल्याब प्रा.लि.मार्फत प्रदान गरिने स्वास्थ्य सेवाहरू विशेष सुविधासहित प्राप्त गर्न सक्ने भएका छन् ।











प्रतिक्रिया