काठमाडौं ।
टर्किए र हंगेरीले आफ्नो ऊर्जा साझेदारीलाई अझ मजबुत बनाउँदै सोमबार नयाँ प्रतिवद्धता व्यक्त गरेका छन्। इस्तानबुलमा भएको भेटवार्तापछि हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले हंगेरीमा रूसी प्राकृतिक ग्यासको ट्रान्जिट सुनिश्चित गर्न टर्कीले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।
सीमित वैकल्पिक ऊर्जा स्रोत भएको हंगेरीका लागि ग्यास र तेल आपूर्तिको सुरक्षामा टर्कीको सहकार्य अत्यावश्यक रहेको नेता ओर्बानले बताए। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँगको भेटपछि दुवै देशले ऊर्जा सहकार्यलाई अझ गहिरो बनाउने सहमति व्यक्त गरेका छन्।











प्रतिक्रिया