काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको सिंहदरबारको आइतबार अवलोकन गर्नुभएको छ । दिउँसो २ बजे सिंहदरबार पुग्नुभएकी भण्डारीले मुख्य भवन, पुरानो प्रधानमन्त्री कार्यालय, ग्यालरी बैठक भवनलगायत प्रभावित संरचनाहरू प्रत्यक्ष अवलोकन गर्दै क्षतिको विवरण विस्तारमा लिनुभयो ।
अवलोकनका क्रममा सञ्चार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगलागीले पु¥याएको क्षति, जोखिमयुक्त संरचना, हालसम्मको प्राविधिक मूल्यांकन र पुनर्निर्माण तयारीबारे जानकारी गराउनुभएको थियो । मन्त्री खरेलका अनुसार आगलागीले सिंहदरबारको पश्चिमी करिडोरदेखि ग्यालरी बैठक परिसरसम्मका संरचना पूर्णरूपमा नष्ट भएका छन् भने केही भाग आंशिक रूपमा कमजोर अवस्थामा छन् ।
भण्डारीले घटनास्थलको निरीक्षणपछि मन्तव्य दिँदै भदौ २४ गतेको जेन–जी आन्दोलनको नाममा उत्पन्न हिंसा र आगजनीले राष्ट्रकै प्रशासनिक केन्द्रलाई क्षति पु¥याएको दृश्य देख्दा गहिरो दुःख लागेको बताउनुभयो । उहाँले राज्यका महत्वपूर्ण प्रतीक र संरचना सुरक्षित राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै सिंहदरबार राष्ट्रको ऐतिहासिक, राजनीतिक र प्रशासनिक पहिचान हो । यसको पुनर्निर्माण छिटो निर्धारण र गुणस्तरीय रूपमा सम्पन्न हुनेछ भन्ने विश्वास लिएको लिएको बताउनुभयो ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका उग्र प्रदर्शनका क्रममा प्रदर्शनकारीले सिंहदरबारको पश्चिम भागतर्फ आगजनी गरेका थिए, जसका कारण सम्पूर्ण करिडोर, काठका संरचना, अभिलेख कक्ष र केही बैठक कक्षसमेत पूर्णरूपमा क्षति भएको छ । प्राविधिक टिमहरूले संरचनागत सुरक्षा मूल्यांकन गरिरहेको र पुनर्निर्माणका लागि प्राथमिकता निर्धारण भइसकेको जनाइएको छ ।
यसैबीच, सुरक्षा निकायले घटनामा संलग्न व्यक्तिहरूको पहिचान, अनुसन्धान र कानुनी कारबाहीका प्रक्रिया अघि बढाइरहेको छ । सरकार भने सिंहदरबारको पुनर्निर्माणलाई अत्यावश्यक राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउने तयारीमा रहेको जनाएको छ ।











प्रतिक्रिया