पश्चिमी वायुको प्रभाव : देशभर अधिकांश स्थानमा मौसम सफा, पहाडी क्षेत्रमा आंशिक बदली


काठमाडौँ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अन्य ठाउँमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।

आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रहने र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। राति भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।