लैङ्गिक हिंसा राेकथाम बारे अन्तरक्रिया कार्यक्रम


ललितपुर ।

ललितपुर महानगरपालिका–४, जावलाखेलस्थित ताम्रकार समाजको सभा हलमा आज लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानको अवसरमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल, समुदाय–प्रहरी साझेदारी शाखा तथा वडा नं. ४ कार्यालयले संयुक्त रूपमा साे कार्यक्रम अायाेजना गरेकाे थियाे।

साे अवसरमा ललितपुर महानगरपालिका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटी, अाेसीएमसी पाटन अस्पतालका प्रमुख डा. सृजना कुँवर, महानगरपालिका कानुन तथा मानव अधिकार महाशाखाका प्रमुख खगेन्द्र प्रसाद वस्ती लगायतले बाेलेका थिए। साे कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि र स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रण, पीडितमैत्री कानुनी उपचार तथा सेवा प्रणालीबारे विस्तृत जानकारी दिइएको थियो। सहभागीहरूबाट उठेका सुझाव तथा अनुभवहरूलाई समेत समेट्दै कार्यक्रम सम्पन्न भएकाे थियाे ।