काठमाडौँ
नेपाल क्यान्सर केयर एसोसियसन (एनसिसिए) र रमेश गुप्ता मेमोरियल ट्रस्ट (आरजिएमटी)को संयुक्त आयोजनामा सर्भाइभरसिप विषयक विशेष कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । कार्यक्रममा अम्जेनको सहकार्य रहेको थियो।
यस अवसरमा क्यान्सर जित्न सफल व्यक्तिहरू, उनीहरूको परिवार, स्वास्थ्यकर्मी तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रममार्फत दीर्घकालीन स्वास्थ्य अवस्था, नियमित निगरानी, आवश्यक मनो–सामाजिक सहयोग तथा क्यान्सरपछि जीवनलाई सुदृढ बनाउन आवश्यक जानकारीहरू प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा डब्लुएचओ, नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस, न्यापकेयर, टुगेदर अगेंस्ट चाइल्डहुड क्यान्सर, लियोनार्डो एड्वर्ड श्रेष्ठ फाउन्डेसन, वर्मिङ हर्ट नेपाल लगायतका संस्थाहरूको सहभागिता रहेको थियो ।
यस वर्षको पहिलो सत्रमा आयोजित सर्भाइभरसिप कार्यक्रम विशेष रूपमा क्यान्सर निको भएर फर्किएका बालबालिका र किशोर–किशोरीका जीवनका चुनौती, जोखिम तथा सिकाइमा केन्द्रित रहेको थियो । डॉ. सञ्जय लुइँटेलले क्यान्सरपछि आवश्यक दीर्घकालीन निगरानी, संक्रमण नियन्त्रण र मानसिक स्वास्थ्यका पक्षबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।
त्यसैगरी, डॉ. स्मिता पौडेलले क्यान्सर उपचारपछि आइपर्ने सम्भावित दीर्घकालीन प्रभाव, अनुशासनबद्ध जीवनशैली तथा आवश्यक नियमित परीक्षणबारे जोर दिइन् । डॉ. निरा ढकाल, डॉ. अनुजा बस्नेतलगायतका विशेषज्ञबाट उपचार लिएर फर्किएका बालबालिकाको सर्भाइभरसिप अनुभवसमेत साझा गर्नुभयो
आयोजक संस्थाहरूले नेपालमा क्यान्सर उपचारपछि हुने फॉलो–अप केयर, प्यालियटिभ केयर, मनोसामाजिक सहयोग तथा दीर्घकालीन स्वास्थ्य सुरक्षालाई बलियो बनाउन नीति निर्माण तहसम्म आवाज उठाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो
नेपालमा क्यान्सर सर्भाइभरसिप विषयमा यो कार्यक्रम महत्वपूर्ण मोडको रूपमा लिइएको छ । आयोजकद्वयका अनुसार आगामी दिनमा अझ ज्यादा प्रभावकारी कार्यक्रम, प्रशिक्षण र जनचेतनामूलक अभियान निरन्तर सञ्चालन गरिँदै जानेछ ।











प्रतिक्रिया