सिद्घार्थ बैंकका ग्राहकलाई चम्पादेवी हिलसाईड रिसोर्टमा २०% सम्मको छुट


काठमाडौं
सिद्धार्थ बैंक र चम्पादेवी हिलसाईड रिसोर्ट प्रा. लि.बिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार दक्षिणकाली, काठमाडौंस्थित चम्पादेवी हिलसाईड रिसोर्टमा बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १०%सम्मको छुट प्राप्त गर्न सक्नु हुनेछ ।

यसका साथै एसबिएल एनपिएल टिकट होल्डर्सका लागि चम्पादेवी हिलसाईड रिसोर्टसँगको सहकार्यअन्तर्गत एसबिएल एनपिएल सिजन–२ सम्म लागू हुने विशेष छुट अफर उपलब्ध गराइएको छ । जस अन्तर्गत एसबिएलएनपिएल टिकट होल्डर्सले आफ्नो टिकट देखाई भुक्तानी गर्दा २०%सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यस सम्झौताले ग्राहकलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नुहुनेछ ।