भालुको आक्रमणबाट रसुवामा दुईजना घाइते, हेलिकप्टरमार्फत काठमाडौं पठाइयो

2.63k
Shares

रसुवा।

रसुवाका दुई गाउँपालिकाका दुई जना स्थानीय भालुको आक्रमणमा परि गम्भीर घाइते भएका छन्। घाइते हुनेमा कालिका गाउँपालिका–५ जिवजिवेका चेतननाथ गजुरेल र नौकुण्ड गाउँपालिका–५ खाल्चेतका मानबहादुर थिङ रहेका छन्।

सोमबार बिहान करिब साढे सात बजे गजुरेल घाँस काटिरहेको अवस्थामा र थिङ जिवजिवेबाट खाल्चेततर्फ पैदल जाँदै गर्दा भालुको आक्रमणमा परेका हुन्।

लाङटाङ राष्ट्रिय निकुञ्ज कालिकास्थान पोस्टकी रेंजर सुलक्षा श्रेष्ठका अनुसार थिङको शरीरभरि गम्भीर चोट लागेको छ भने गजुरेलको घाँटी, टाउको र बायाँ कानमा गम्भीर चोट लागेको छ।
दुवै जनाको अवस्था चिन्ताजनक देखिएपछि हेलिकप्टरमार्फत काठमाडौं पठाइएकाे प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय कालिकास्थानका अनुसार घटनास्थल आसपासका बस्तीमा वन्यजन्तुबाट सतर्कता अपनाउन आग्रह गरिएको छ।