बाजुरा।
नेपाली कम्युनिस्ट पार्टीका नेता एवं तत्कालीन नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश पूर्व कानुन तथा आन्तरिक मामिला,आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वइच्छाकारिताकै कारण कम्युनिस्ट पार्टी ध्रुवीकरण र एकीकरण हुनु परेको बताएका छन् । पार्टी ध्रुवीकरण र एकीकरण हुन त्यो व्यक्तिगत अभिष्टा नभई राष्ट्रको आवश्यकता भएको दाबी गरेका छन् ।
टनकपुर सन्धिको सवाल उठान गर्दा जनवादी नेता मदन भण्डारीको हत्या भयो । हत्याबारे छानबिन गर्न तत्कालीन समयमा केपी ओलीकै अध्यक्षतामा छानबिन समिति गठन गरेको तर हालसम्म घटनावारे सत्यतथ्य बाहिर ल्याउनुको सट्टा उल्टै जननेता मदन भण्डारीका परिवारलाई मानमर्दन हुनेगरी पार्टीबाट निष्कासन गर्ने काम ओलीबाट भएको आरोप लगाए।
संसारमा नभएको घटना सत्तापक्ष र प्रतिपक्षमा रहेका दुवै दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गरे त्यो अदुरदर्सी थियो । सत्ता लिप्सा थियो र भ्रष्टाचार गर्नका लागि सरकार बनाइएको थियो ।तर, दुई ठूला दल मिलेर बनाएको बहुमतको सरकार ओली दम्भकै कारण गत भदौ २३ र २४ गतेको २७ घण्टे आन्दोलनले सरकारलाई हेलिकप्टर चढेर भाग्न बाध्य बनायो ।
यो देशका लागि विडम्बना भयो । जेनजी आन्दोलन पश्चात् सरकाले चौबाटोमा उभिनु पर्ने अवस्था आयो । नेकपा एमाले छोडेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका नेता शाहले तत्कालीन रोम सहर जलेको उदाहरण दिँदै “इसा पूर्व ६४मा तत्कालीन रोम सहर आगलागीबाट जलिरहँदा त्यहाँका राजा निरो बाँसुरी वजाएर मनोरञ्जन लिइरहेका थिए ” भन्ने कथन सुनाउँदै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका वेला देश पुरै जलिरह्यो केपी शर्मा ओली हेरीरहे । दजनौं निहत्ता युवाको ज्यान गयो । खराबैंको सम्पत्ति आँखा अगाडी जलेर खरानी भयो । तर प्रधानमन्त्री केपी ओलीको कर्तव्य प्रति उदासीनता र गैरजिम्ेवारीको प्रतीक बनेको तर्फ इंगित गरे । देश जलिरहँदा ओली सरकार टस न मस भयो । यो उनको दम्भ र स्वईच्छाचारिता र जवाफ देहिताको अभावभयो । देशमा जनधनको अपूरणीय क्षति भयो ।
ओली सरकारलाई उल्टै सेनाले हवाईसुरक्षा अपनाएर भगाउनु परेको बताए । ओली प्रवित्तीको कटु आलोचना गरेका नेता शाहले कांग्रेस सभापति शेरवहादुर देउवा प्रति भने निकै सदासयता देखाए । जेनजीको कुटपिटबाट देउवा दम्पती घाइते भए । घर जल्यो लुटपाट भयो । तथापि जेनजीको आन्दोलनमा सहादत प्राप्त सहिदप्रतिको सम्मान, जेनजी आन्दोलको मर्म अनुसार सरकार सञ्चालन र देउवाले काँग्रेस नेतृत्व छोडेर पुस्तान्तरण गर्ने गरी आएको सन्देशमूलक देउवा अभिव्यक्तिको भने नेता शाहले निक्कै प्रशंसा र सम्मानजनक अभिव्यक्ति दिएका थिए ।
जेनजी आन्दोलन पश्चात् अहिले बैदेशिक हस्तक्षेप मुखरित भएको छ । सार्वभौमसत्ता सम्पन्न देशमा निकै चुनौती थपिएका छन्। त्यसैले कम्युुष्टि ध्रुवीकरण मूलधारका नेता पुष्पकमल दाहाल प्रचण्ड र लोकतान्त्रिक बामपन्थी धारका नेता माधब नेपाल, झनाथ खनाल ,राष्ट्रवादी नेता डाक्टर भिम रावल लगायत दर्जनौ नेताहरु लगायत दुइटा मूलधारका नेताहरुको एकता र पार्टी पुनर्जागरणको सन्देश दिन देशभर एकता सभा भैरहेकाछन् ।
एकताको सन्देश दिन यही मङ्सिर २९ गते बाजुरामा पनि सन्देश सभाको आयोजना गर्न लागेको मूल समारोह सन्देश सभाका संयोजक समेत रहेका नेता शाहले बताए ।
तपाईलाई नेकपा एमालेले के दिएन र पार्टी छोड्नु भयो ? भन्ने नेपाल समाचारपत्रकर्मीको जिज्ञासामा नेता शाहले भने नेकपा एमालेमा ओलिको हट् बढ्यो ,मदन भण्डारीको बहुदलीय जनावाद रहेन । पार्टीमा निधि, विधि,विचार र पद्यती रहेन , “बन्द कोठामा विरोलो थुनेर चुट्ने प्रवित्ती बढ्यो । ” त्यसैले म एक इमान्दार निष्ठाको राजनीति गर्ने मान्छे भएकोले एमालेमा टिक्न सकिन नेता शाहले भने । कम्युनिस्ट पार्टीभत्रि विद्रोह र नेपाली कम्युनिस्ट पार्टी एकताले राष्ट्रिय राजनीतिमा के कस्तो प्रभाव पार्ला त ? भन्ने अर्को जिज्ञासामा नेता शाहले भने अहिले लोकतान्त्रिक बामपन्थी पार्टी वीच एकता हुँदैछ । राष्ट्र«को आवश्यकता अनुसार सहकार्य पनि हुन्छ । तर नेकपा एमालेका अध्यक्ष केपी ओली हुँदासम्म एमाले सँग तालमेल हुने सम्भावना नरहेको उनको जिकिर थियो ।
राष्ट्रको सार्वभौम सत्ता खण्डता यो व्यबस्थाको दृढतापूर्वक रक्षा गर्न सामूहिक सुधारको नेतृत्वमा नेपाली कम्युनिस्ट पार्टी स्थापना गरेको नेता शाहले बताए । अबको नेपाली कम्युनिस्ट पार्टी भूगोलको आधारमा हैन ,राष्ट्रको पहिचानको आधारमा हुनेछ उनले भने । नेपाली कम्युनिस्ट पार्टीको यही मङ्सिर २९ गते सदरमुकाम मार्तडीमा हुन गइरहेको एकता सन्देश सभाको पूर्व सन्ध्यामा पूर्वी उत्तरी भेग प्रदेश निर्वाचन क्षेत्र प्रदेश “क” पिलुचौर २२ गते , प्रदेश निर्वाचन क्षेत्र प्रदेश “ख” टांटेमा २४ गते र मातडीमा मा हुने तयारी बैठक मङ्सिर २५को कार्यक्रम बारे जानकारी गराएको छ , एकता सभा सफल पार्न ५१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । त्यस्तै विभिन्न दश वटा उपसमिति पनि गठन गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो । समाजवादी प्रेस संगठनका सचिव अनिल शाहीको अध्यक्षता भएको पत्रकार सम्मेलनमा नेपाली कम्युनिस्ट पार्टीका जिल्ला स्थित नेता कार्यकर्ताकोहरुको उपस्थित थियो ।











प्रतिक्रिया