मोरङ।
मोरङको रतुवामाई नगरपालिका–१ हटियाडाँडाबाट करिब ६ सय ७८ किलोग्राम गाँजासहित दुई जनालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धनकुटा, सहिदभूमि गाउँपालिका–२ का २१ वर्षीय समेल राई तथा सोही गाउँपालिका–१ का २२ वर्षीय विक्रम विशुङ्खे रहेका छन्।
इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको प्र.१–०१–००१ ख ३८२५ नम्बरको ट्रक जाँच गर्ने क्रममा ट्रकको ढालाभित्र लुकाइराखिएको अवस्थामा ठूलो परिमाणको गाँजा फेला पारेको प्रहरीले जनाएको छ।
गाडी चालक समेल र ट्रकका साहु विक्रमलाई तत्काल नियन्त्रणमा लिएर आवश्यक कारबाही तथा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।











प्रतिक्रिया