उदयपुर।
उदयपुरको कटारीमा भइरहेको कटारी पर्यटन व्यापार महोत्सवहेरे मेलाबाट घर फर्कँदै गरेका एक युवकको शव सडकमा फेला परेको छ । मंसिर २० गते राती करिब साढे १० बजे घटना भएको हुनसक्ने पारिवारिक स्रोतको भनाई छ ।
कटारी नगरपालिका वडा नम्बर ५ खैरेनी घर भएका रेखबहादुर योगीलाई सवारीसाधनले ठक्कर दिएर ज्यान गएको उनका भाई अम्मरबहादुर योगीले जानकारी दिए । मृतक रेखबहादुरका भाईहरु अम्मरबहादुर र नेत्रबहादुरले प्रेस विज्ञप्ति जारी गर्दै कटारी ५ स्थित मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने बलाहामा आफ्नो दाइको मृत शरीर फेला परेको दाबी गरेका छन् ।
सडकमै शव भेटिएको दाइलाई ठक्कर दिएर ज्यान लिने सवारीसाधनको हालसम्म पहिचान हुन नसकेको भन्दै तत्काल चासोका साथ अनुसन्धान गरी दोषीमाथि कानुनी कारवाहीका लागि योगी परिवारले आग्रह गरेको छ ।
यता इलाका प्रहरी कार्यालय कटारीले भने घटना राती भएकाले स्थल नजिकै वरपरका सिसिक्यामेरा फुटेजहरु मार्फत संलग्नको पहिचानका लागि अनुसन्धान भइरहेको जनाएको छ । ठक्कर दिने ना ६ ख ५३३ नम्बरको ट्रकका चालकसहित ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीका इन्चार्ज डिएसपी दीपक भारतीले जानकारी दिए ।
यस्तै गत बुधवार उदयपुर र ओखलढुंगाको सिमामा रहेको सुनकोशी नदीमा हाम फालेका कटारी ३ च्यागा घर भएका लुप्त बहादुर कार्की अर्झ फेला नपरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक भारतीका अनुसार शनिवार सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीको टोलीले सुनकोशी नदीमा खोज तलास गरेको तर फेला नपरेको बताए ।
सुनकोशीको पुलबाट हाम फालेका कार्कीलाई नदीको बहावले कता लग्यो तर स्थानीयले सोही दिनदेखि हहाम फालेको ठाउँबाट नै खोजी गरिरहेको र वरपरका ठाउँहरुमा पनि डोरी लगाएर खोजी गरिरहेको इलाका प्रहरी कार्याल्यका प्रमुख भारतीले बताए ।
आइतबार नेपाल समाचारपत्रसँगको कुराकानीमा प्रहरी नायव उपरीक्षक भारतीले कार्कीले हामफालेपछि प्रहरील् सूचना पाउना साथ प्रहरी चा्रकी घुर्मीको प्रहरी टोली र स्थानीय भएर खोजतलास गर्दा फेला नपरेपछि सशस्त्र प्रहरीको गोताखोर टोली ल्याएर शनिवार दिनभरी खोजी गरको भएपनि फेला नपरेको जानकारी दिँदै स्थानीय र प्रहरीको टोलीले अझै पनि खोजी कार्य जारी राखेको उनले बताए ।











प्रतिक्रिया