काठमाडौँ।
४ महिने छोराको हत्या गरी फरार रहेकाे नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् ।
आइतबार दिउँसाे सिनामंगलस्थित कोठा लिएर बसेका कार्कीले छोराको घाँटी रेटेर हत्या गरेका हुन् । छोराको हत्या गरेर श्रीमतीलाइ पनि कुटपिट गरेर उनी फरार भएका थिए ।
जन्मदै ब्रेन ट्युमर भएका छोरालाई सुतेकै ठाउँमा कार्कीले घाँटी रेटेर हत्या गरेका हुन् । श्रीमती पनि प्रहरी हुन् । उनलाई आइतबार बेलुकी नै नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएकाे छ ।
उनी अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको नियन्त्रण कक्षमा छन् । सोधपुछलगायत अनुसन्धानकाे काम भइरहेकाे प्रहरी जनाएको छ।











प्रतिक्रिया