प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको ८३ वर्षको उमेर निधन


काठमाडौँ

प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको ८३ वर्षको उमेर निधन भएको छ । संस्थापना देखि लामो समयसम्म नेतृत्व गर्नु हुने प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको ८३ वर्षको उमेरमा आज मिति २०८२ मंसिर २१ गते आइतबार दुःखद र अकल्पनीय देहावसानभएको हो ।

सन् १९६९ मा भूमि सुधार तथा वचत निगमको शाखा प्रमुखको रुपमा सेवा प्रवेश गर्नु भएका निज मानन्धरले राष्ट्रिय धान चामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैंक लि.को प्रथम श्रेणीको विभागीय प्रमुख र पछि नायब महाप्रबन्धक, धान चामल निर्यात कम्पनीको महाप्रबन्धक, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनमा परामर्शदाता, राष्ट्रिय बाणिज्य बैंकको कार्यकारी सञ्चालक, लुम्बिनी बैंक लि.को प्रमुखकार्यकारी अधिकृत विश्व बैंकको जलविद्युत विकास कोष र नेपाल बङ्गलादेश बैंक लि हुँदै अन्तमा प्राइमक मर्सियल बैंक लि.को प्रमुखकार्यकारी अधिकृतबाट सेवानिवृत्त हुनु भएको थियो ।

नेपालको आर्थिक तथा बैंकिङ्ग इतिहासमा उहाँ जत्तीको दीर्घ सेवाकासाथ यति महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने व्यक्तित्व विरलै हुनुहुन्छ । वहाँको देहावसानबाट नेपालको आर्थिक जगतले एक नक्षत्र गुमाई अपूरणीय क्षति व्यहोर्नु परेको छ ।

हामी उहाँको आत्माको मोक्षका साथ चीर शान्तिको कामना गर्दछौंं । यस दुःखद परिस्थितिमा उहाँको आफन्त परिवारजन तथा प्राइमकमर्सियल बैंक लि. परिवारलाई परमेश्वरले धैर्यधारण गर्न शक्तिप्रदान गरुन ।