ललितपुरको इखाछेंमा सांस्कृतिक उत्सव सम्पन्न 


ललितपुर।

यःमरी पूर्णिमाको अवसरमा ललितपुर महानगरपालिका– ११ इखाछेंमा भएको सांस्कृतिक उत्सव शनिवार सम्पन्न भएको छ ।

इखाछें टोल सुधार समितिले कृत्यकला प्रा.लि व्यवस्थापनमा मंसिर १८ गते विहीबार सो उत्सव सुरु भएको थियो । उत्सवको ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली(आस्था) शाक्यले एक समारोहकाबीच शुभारम्भ गरिन् ।

उत्सवमा हस्तकलाका जीवन्त प्रदर्शनी, नेवाः खाद्य परिकार र विभिन्न स्थानीय प्रतिभाहरुबाट सांगितिक प्रस्तुत गरिएको थियो । यस क्रममा नेवाः सांस्कृतिक नृत्यका साथै वाद्यय शिरोमणी संगीत घराना, पासापि, यल रिदम, जेनिथ ब्याण्ड, इतिश्री युग अन्त्य, पर्पल भेल्भेट एनएस लाइभ गरेको थियो ।

‘ सांस्कृतिक सुन्दरता, नेवाः कला–संस्कृतिको जीवन्त भव्यता र स्थानीय समुदायको उत्साहलाई एकै ठाउँ जोड्न उत्सव गरेका हौं । यसले युवापुस्तामा सांस्कृतिक संरक्षणको सन्देश प्रवाह गर्ने छ । यहाँको कलाकारको प्रतिभा पहिचान र प्रर्वद्धनमा टेवा पु¥याएको छ। विश्वास गर्दछौं ।’इखाछें टोल सुधार समितिका अध्यक्ष सानुराजा बज्राचार्यले बताए।