टाटा ईभीको एक्सचेन्ज क्याम्प


काठमाडौँ ।

टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटा ईभी प्रयोगकर्तालाई लक्षित गर्दै “विन्टर ईभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प” कार्यक्रम घोषणा गरेको छ । जाडो मौसममा ईभीको प्रदर्शन र सुरक्षालाई अझ मजबुत बनाउन विशेष रूपमा आयोजना गरिएको यो विशेष क्याम्प माघ ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ ।

कम्पनीका अनुसार, यस क्याम्पमा सहभागी हुने ईभी ग्राहकले विभिन्न सेवा निःशुल्क पाउनेछन् । जसमा निःशुल्क लेबर चार्ज, निःशुल्क टप–वासिङ, निःशुल्क कम्प्युटर डायग्नोसिस, निःशुल्क ब्याट्री र इलेक्ट्रिकल परीक्षण, सस्पेन्सन र ब्रेकको निःशुल्क जाँच तथा १०–प्वाइन्ट फुल चेकअप सेवा समावेश छन् । साथै, जाडोको तयारीका लागि आवश्यक हुने ‘स्पेयर पाट्र्स’ र ‘ल्युब्रिकेन्ट’ मा १८ प्रतिशतसम्म छुट उपलब्ध गराइने भएकाले सेवा प्रक्रिया झन् किफायती र सहज हुने कम्पनीले जनाएको छ ।