आगामी वर्ष २०२६ मा नर्थ अमेरिकामा आयोजना हुँदैंछ । जसमा, अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्दैछन् । यस पटक पहिले भन्दा भिन्नै प्रतियोगिता हुने अनुमान त्यसै लगाउन सकिन्छ । किनभने यसपटक ४८ राष्ट्रले खेल्दैछन् । जसमा चार नयाँ राष्ट्रले पहिलो पटक खेल्दै छन् । ती चार राष्ट्र यस प्रकार छन् ः केप भर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तान ।
केप भर्डे
करिब ६ लाख जनसंख्या भएको केप भर्डे फिफा विश्वकपमा पुग्ने दोस्रो सानो देश हो । यसअघि अक्टोबरमा आगामी विश्वकपमा छनोट हुँदा केप भर्डे सबैभन्दा सानो देश बनेको थियो । तर, कुराकाओ छनोट भएपछि विश्वकपको इतिहासमा छनोट हुने सानो देश बन्यो । पहिलो पटक सानो देश विश्वकपमा खेलेको रेकर्ड आइसल्यान्डले राखेको थियो । सन् २०१८ मा रूसमा भएको फिफा विश्वकपमा खेलेर आइसल्यान्ड विश्वकप इतिहासमा सानो देशले खेलेको रेकर्ड राखेको थियो । अब, यो रेकर्ड कुराकाओको नाममा रहेको छ ।
केप भर्डे इस्वाटिनीलाई हराएर अमेरिका, मेक्सिको र क्यानडाद्वारा आयोजना गर्ने विश्वकपमा छनोट हुन सफल भएको हो । करिब ३६ वर्षदेखिको अथक प्रयासमा केप भर्डेले पहिलो पटक विश्वकप खेल्न लागेको हो । उनीहरूले पहिलो पटक विश्वकप छनोटमा सन् १९९० मा प्रतिस्पर्धा गरेका थिए । उनीहरूले विश्वबाट केप भर्डेका लागि खेलाडी खोज्दै टिम बनाएका हुन् । अहिले यस टिममा नेदरल्यान्ड्समा जन्मेका ६ डच खेलाडी र एक जना खेलाडी आयरल्यान्डबाट सहभागिता भएका हुन् ।
कुराकाओ
क्यारिबियन आइल्यान्ड कुराकाओ विश्वकप इतिहासमै खेल्ने सबैभन्दा सानो देश हो । स्टिभ म्याकक्लेरेनको जमैकालाई स्तब्ध बनाएर कुराकाओ आगामी विश्वकपमा खेल्न तयार भएको हो । यो हारले इंग्लिस मेनेजर म्याकक्लेरेनले राजीनामा दिन बाध्यसमेत भएका थिए । उनीहरूले जित्ने ढुक्क भएको भने पनि कुराकाओले अप्रत्यासित नतिजा निकालिदियो । यसले जमैकाले प्लेअफ खेल्नु पर्ने पनि भयो ।
यो उपलब्धिपछि कुराकाओले सबैभन्दा सानो देशले विश्वकप खेलेको पुरानो रेकर्ड पनि तोड्यो । यसअघि आइसल्यान्डले २०१८ विश्वकप खेलेर यो रेकर्ड राखेको थियो । तर, तुलना हुँदा आइसल्यान्ड कुराकाओभन्दा धेरै ठूलो देश हो । यस्तै कुराकाओका ७८ वर्षीय मेनेजर डिक एड्भोकाट विश्वकपका सबैभन्दा पाको उमेरका मेनेजरसमेत बने । उनले मेनेजर ओट्टो रेहहाजेलको रेकर्ड तोडे । रेहहाजेल ७१ वर्षमा सन् २०१० विश्वकपमा ग्रीसका मेनजेर थिए ।
जोर्डन
जोर्डन अन्ततः फिफा विश्वकपमा खेल्ने भएको छ । धेरै वर्ष भयो, यो अरेब देशले विश्वकप खेल्ने सपना बुनेको । जोर्डनले ४० वर्षअघि पहिलो पटक विश्वकप छनोटमा सहभागिता जनाएको थियो । तर, हरेक छनोटमा जोर्डन पछि नै पर्दथ्यो ।
यसपटक भने ३२ देशबाट ४८ देशले विश्वकप खेल्ने निर्णय गरेपछि जोर्डनको विश्वकप खेल्ने सपना पूरा भयो । जोर्डन यसपटक एएफसी छनोटअन्तर्गत समूह बी मा साउथ कोरियासँग पछाडि परेको थियो । जोर्डनलाई यहाँसम्म पु¥याउन टोटनहामका पूर्व मेनेजर ह्यारी रेडकेनापको ठूलो योगदान रहेको छ ।
उज्बेकिस्तान
एशियाबाट जोर्डनपछि विश्वकपमा पहिलो पटक छनोट भएको देश हो उज्बेकिस्तान । जर्मनीमा भएको २००६ विश्वकप र २०१४ को ब्राजिल विश्वकपमा यो देश छनोट हुन नजिक थियो । तर, दुबै पटक छनोटको अन्तिम चरणमा हारेर उब्जेक टिमको विश्वकप खेल्ने सपना चकनाचुर भएको थियो । तर, यसपटक सहभागिता संख्या बढाइदिँदा उज्बेकिस्तान विश्वकपमा छनोट हुन पाएको छ ।
अरू देशहरू पहिलो पटक खेल्ने लाइनमा छन्
सुरिनामः ग्वाटेमालासँग हारेपछि सुरिनाम विश्वकपमा इतिहास रच्न पछि हट्नु परेको थियो । तर, यो देशको लागि अर्को एउटा मौका बाँकी छ । जसमा, जित हासिल गरेमा सुरिनाम पनि विश्वकप इतिहासमा पहिलो पटक सहभागिता हुनेछ ।
इन्टर कन्फेडेरेसन्स प्लेअफ आगामी मार्चमा हुँदैछ । यो प्लेअफमा सुरिनामले इराक र बोलिभियासँग प्रतिस्पर्धा गर्नेछ । तर, यो प्लेअफको प्रतिस्पर्धामा सबै जसोले भनेअनुसार इराकले बाजी मार्ने छ । तर, बोलिभिया पनि साउथ अमेरिकाको तगडा फुटबल टिम हो ।
न्यू म्यासेदोनियाः न्यू म्यासेदोनियाले प्लेअफमा जमैका र डीआर कन्गोसँग प्रतिस्पर्धा गर्नेछ । यसमा जमैका बलियो देश रहेकोले न्यू म्यासेदोनियाको लागि यो प्लेअफ चुनौतीपूर्ण नै हुनेछ । यदि, जित हासिल गर्न सकेमा विश्वकपमा पहिलो पटक खेल्न पाउने छ । अन्यथा यो प्लेअफबाट जमैका आउने संभावना रहेको छ । जमैकाले पहिलो पटक विश्वकपमा सन् १९९८ मा खेलेको थियो । फ्रान्समा भएको यो विश्वकपमा जमैका एक जित र दुई हारसँगैं समूह चरणबाटै बाहिरिएको थियो ।
२०२६ फिफा विश्वकप ड्र
समूह ए : मेक्सिको, साउथ अफ्रिका, साउथ कोरिया, यूईएफए प्लेअफ डी को विजेता टिम
(यूईएफए प्लेअफ डी मा डेनमार्क, चेक रिपब्लिक, रिपब्लिक आयरल्यान्ड, नर्थ मासेदेनियाले प्रतिस्पर्धा गर्नेछन्)
समूह बी : क्यानडा, कतार, स्विट्जरल्यान्ड, यूईएफए प्लेअफ ए को विजेता टिम
(यूईएफए प्लेअफ ए मा इटाली, बोस्निया हर्जगोभिना, वेल्स, नर्दन आयरल्यान्डले प्रतिस्पर्धा गर्नेछन्)
समूह सी : ब्राजिल, मोरोक्को, हाइटी, स्कटल्यान्ड
समूह डी : अमेरिका, पाराग्वे, अस्टे«लिया, यूईएफए प्लेअफ सी को विजेता टिम
(यूईएफए प्लेअफ सी मा टर्की, स्लोभाकिया, कोसोभो, रोमानियाले प्रतिस्पर्धा गर्नेछन्)
समूह ई : जर्मनी, कुराकाओ, आईभोरी कोस्ट, इक्वेडर
समूह एफ : नेदरल्यान्ड्स, जापान, ट्युनिसिया, यूईएफए प्लेअफ बी को विजेता टिम
(यूईएफए प्लेअफ बी मा यूक्रेन, पोल्यान्ड, अल्बानिया, स्विडेनले प्रतिस्पर्धा गर्नेछन्)
समूह जी : बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड
समूह एच : स्पेन, केप भर्डे, साउदी अरेबिया, उरुग्वे
समूह आई : फ्रान्स, सेनेगल, नर्वे, फिफा प्लेअफ २ को विजेता टिम
(फिफा प्लेअफ २ मा डीआर कन्गो, जमैका, न्यू क्यालेडोनियाले प्रतिस्पर्धा गर्नेछन्)
समूह जे : अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन
समूह के : पोर्चुगल, उज्बेकिस्तान, कोलम्बिया, फिफा प्लेअफ १ को विजेता टिम
(फिफा प्लेअफ २ मा इराक, बोलिभिया, सुरिनामले प्रतिस्पर्धा गर्नेछन्)
समूह एल : इंग्ल्यान्ड, क्रोएसिया, घाना, पानामा











प्रतिक्रिया