काठमाडौं ।
प्रतिनिधिसभा सदस्य निर्वाचन हुन अब ८८ दिन मात्र बाँकी रहेको अवस्थामा निर्वाचन आयोगले तयारीलाई तीव्र पारेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आजदेखि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूको आवेदन लिन सुरु गरिएको छ। आवेदन दिने समय बिहान १० बजेबाट अपराह्न ४ बजेसम्म तोकिएको छ भने प्राप्त आवेदनको सूची मंसिर २४ गते प्रकाशित गरिनेछ।
समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची पुस १३ र १४ गते पेस गर्नुपर्नेछ भने अन्तिम सूची माघ ३० गते सार्वजनिक गरिनेछ। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट ११० सदस्य निर्वाचित हुने छन्।
प्रत्यक्षतर्फ माघ ६ गते मनोनयन दर्ता, माघ ७ गते विरोध दर्ता, माघ ८ गते नामावली प्रकाशन र माघ ९ गते नाम फिर्ता तथा अन्तिम सूची प्रकाशनसँगै निर्वाचन चिह्न वितरण गरिने कार्यक्रम तय गरिएको छ।











प्रतिक्रिया