काठमाडौँ ।
हेटौँडा बजार क्षेत्रमा सडक सीमा विस्तार कार्य अन्तर्गत शनिबार बिहान ५३१ घरटहरा भत्काइयो। सडक डिभिजन कार्यालय हेटौँडाले रातोमाटेदेखि मकवानपुर उद्योग वाणिज्य चोक र बुद्धचोकदेखि जिल्ला प्रहरी कार्यालयसम्मका संरचनामा डोजर चलायो।
घरटहरा भत्काउँदा विद्युत्, टेलिफोन र इन्टरनेट सेवामा अवरोध आएको छ र बजार अस्तव्यस्त बनेको छ। सुरक्षा बल परिचालन गरेर कार्य अघि बढाइएको थियो।
यसअघि मंसिर ५ गते १५ दिने सूचना जारी गर्दै सडक सीमाभित्रका संरचना हटाउन घरधनीलाई आग्रह गरिएको थियो। तर, सर्वोच्च अदालतले शुक्रबार सडक विस्तार कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। आदेशको अवज्ञा गर्दै केही घरटहरा भत्काइएको खबर छ।
विशेषगरी मकवानपुर उद्योग वाणिज्य संघको भवन भत्काइएको छ, जसले डिभिजनले तोकेको समयसम्म संरचना हटाउन नचाहेका कारण डोजर चलाइएको हो।











प्रतिक्रिया