काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा तिब्र विकासको मार्ग अघि बढाउन युवाशक्तिको हातमा सत्ता हस्तान्तरण गरिनु सरकारको प्रमुख दायित्व भएको बताउनुभएको छ। उहाँले यो कुरा ज्यापु संस्कृति विकास कोषको आयोजनामा काठमाडौंमा सम्पन्न २२ औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै भन्नुभएको हो।
प्रधानमन्त्री कार्कीले घोषणा मितिमा निर्वाचन सम्पन्न गराउन सरकार पूर्ण रूपमा तयारीमा रहेको पनि बताउनुभएको छ। उहाँका अनुसार, समयमा निर्वाचन सम्पन्न गर्नु र युवाहरूमार्फत देशको नेतृत्व सुनिश्चित गर्नु विकास र लोकतन्त्र दुवैका लागि महत्वपूर्ण छ।











प्रतिक्रिया