‘कमरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचित


काठमाडौं ।

‘कमरेड जलजला उपन्यासको विवेचना’ नामक पुस्तकको शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा वामपन्थी नेता मोहनविक्रम सिंहले विमोचन गरेका छन्। समारोहलाई सम्बोधन गर्दै सिंहले जलजला उपन्यासले कर्म गर्नुपर्छ तर व्यक्तिगत फलको आश गर्नु हुँदैन भन्ने सन्देश दिएको बताए।

उनका अनुसार उपन्यासको मुख्य उद्देश्य संसारलाई आमामय बनाउने रहेको छ। आमाले सन्तानलाई गर्ने निस्वार्थ माया जस्तै सबैले एक–अर्काप्रति निस्वार्थ भाव राख्न उपन्यासले आह्वान गर्ने पनि सिंहले उल्लेख गरे।