“विदेशिएका युवालाई फर्काउन शक्तिशाली कम्युनिष्ट पार्टी आवश्यक : नेता झलनाथ खनाल”


काठमाडौँ ।

जनकपुरधाममा आयोजित एकता सन्देश सभामा नेकपा नेता झलनाथ खनालले विदेशिएका युवालाई स्वदेश फर्काउन सक्षम र शक्तिशाली कम्युनिष्ट पार्टीको आवश्यकता पर्ने बताउनुभयो।

उहाँले देशमा शिरदेखि तीरसम्मै भ्रष्टाचार व्याप्त रहेको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्यका लागि समाजवाद नै एक मात्र विकल्प भएको जिकिर गर्नुभयो।

नेता खनालले रोजगार सिर्जना नहुँदा ठूलो संख्यामा युवाहरू विदेशिन बाध्य भएको बताउँदै स्थायी समाधानका लागि प्रभावकारी शासन र समाजवादी नीति अवलम्बन गर्नुपर्ने धारणा राख्नुभयो।