ओली पुनः अध्यक्ष बन्नुपर्नेमा महासचिव पोखरेलको जोड


काठमाडौँ ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी तथा राष्ट्रिय राजनीतिको चुनौती सामना गर्न सक्षम नेता केपी शर्मा ओली भएकाले उनलाई पुनः पार्टीको नेतृत्व दिने तयारी गरिएको बताएका छन्।

शनिबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित ११औँ महाधिवेशन प्रचार समितिको कार्यक्रममा बोल्दै उनले ओलीले मुलुकको राजनीतिक जटिलता व्यवस्थापन गर्नसक्ने नेतृत्व क्षमता प्रमाणित गरिसकेकाले पुनः अध्यक्ष बनाउन आवश्यक रहेको धारणा राखे।

पोखरेलले पार्टीको प्रतिष्ठा, स्थिरता र भविष्य सुरक्षाका लागि पनि ओलीको नेतृत्व अपरिहार्य रहेको बताए।