नवगठित नेकपाप्रति जनविश्वास बढ्दै, समाजवादको प्रतिवद्धता दोहोर्याउँदै माधवकुमार


काठमाडौँ ।

जनकपुरधाममा आयोजित एकता सन्देश सभामा नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमारले आगामी दिनमा मुलुकमा धुमधामका साथ समाजवाद स्थापित हुने दाबी गर्दै जनतालाई निराश नहुन आग्रह गर्नुभएको छ।

लामो समयसम्म समाजवादको चर्चा मात्र रहिरहेको तर व्यवहारमा नआएकामा खेद व्यक्त गर्दै उहाँले युवा, महिला, दलित, मुस्लिम तथा वृद्धको हक–अधिकारका पक्षमा आफ्नो पार्टी नै प्रभावकारी रुपमा उभिएको बताउनुभयो।

जेन–जी पुस्ताले समेत नवगठित नेपाली कम्युनिष्ट पार्टीप्रति विश्वास बढ्दै गएको दाबी गर्दै उहाँले सबैलाई पार्टीमा सहभागी हुन आह्वान गर्नुभयो।