दाहालद्वारा एमालेबाहेकका दलसँग अन्य प्रदेशमा पनि नयाँ समीकरण बनाउने संकेत


काठमाडौँ । 

जनकपुरधाममा आयोजित एकता सभामा सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसमा जस्तै अन्य प्रदेशहरूमा पनि नयाँ राजनीतिक समीकरण निर्माण हुने विश्वास व्यक्त गरेका छन्।

मधेसमा कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी तथा मधेस–केन्द्रित दलबीच बनेको सहकार्यलाई उनले नयाँ सुरुआतको रूपमा व्याख्या गर्दै आगामी दिनमा यस्तै मोडेल अन्य प्रदेशमा पनि लागू हुने बताएका हुन्।

दाहालले कम्युनिष्ट शक्तिहरूबीचको एकता प्रक्रियालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै एमालेमा आवद्ध नेताहरूलाई समेत एकतामा सहभागी हुन आह्वान गरेका छन्।