ओलीको आरोप ‘कार्कीले गिरफ्तारीका लागि विभाग प्रमुख नै बदलिन्’


काठमाडौँ ।

नेकपा (एमाले)का अध्यक्ष तथा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनाव जे बेला भए पनि आफ्नो पार्टी विजयी भएर सरकार गठन गर्ने दाबी गर्नुभएको छ। च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा उहाँले एमालेलाई नदीसँग तुलना गर्दै सानातिना अवरोधले पार्टीलाई रोक्न नसक्ने बताउनुभयो।

यस्तै, ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न निरन्तर दबाब दिइरहेको आरोप लगाउनुभएको छ। उहाँका अनुसार सम्पत्ति शुद्धिकरण विभागले दबाब मान्न नसकेपछि प्रधानमन्त्रीले विभाग प्रमुखमै फेरबदल गरी आफू अनुकूल व्यक्ति नियुक्त गरेको दाबी गर्नुभएको छ।