काठमाडौँ ।
नेपाली कांग्रेसले पुस २६, २७ र २८ गते काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेसँगै सभापति पदका आकांक्षीहरूको चर्चा तीव्र भएको छ। संस्थापन पक्षबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का अगाडि आउने सम्भावना बीच इतर समूहबाट डा. शेखर कोइरालाले खुला रूपमा सभापतिमा उम्मेदवार रहने घोषणा गरेका छन्। उनले कुनै हालतमा पछि नहट्ने तथा संगठन र कार्यकर्ताको आग्रहअनुसार सभापतिमा उठ्ने बताए।
पूर्वमहाधिवेशनमा आफ्नै प्यानलबाट ‘घात’ भएको उल्लेख गर्दै कोइरालाले यो पटक परिस्थिति बदलिएको दाबी गरे। उनले गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूसँग निरन्तर छलफल भइरहेको र टिम बनाएर अघि बढ्ने बताए। महाधिवेशनमा आफू विजयी हुने आत्मविश्वास व्यक्त गर्दै उनले देशभरका प्रतिनिधिहरूलाई साथ दिन आग्रह गरेका छन्।











प्रतिक्रिया