नेपाल सेनाको स्वास्थ्य शिविरमा २५२ जनाको स्वास्थ्य जाँच

846
Shares

उदयपुर ।

उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका वडा नं ३ बराह गाउँस्थित श्री एल.बि. कार्की स्मृति लिम्चुङबुङ अस्पतालको परिसरमा नेपाली सेनाले शुक्रबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।


श्री पशुपति प्रसाद गण र लिम्चुङबुङ गाउँपालिकाको संयुक्त आयोजना तथा समन्वयमा सम्पन्न उक्त शिविरमा श्री सैनिक अस्पताल इटहरी, श्री नं. १८ फिल्ड एम्बुलेन्स गुल्म भुल्के, जिल्ला अस्पताल उदयपुर र वडा नं. ३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्र्मीहरूको टोलीले सेवा प्रदान गरेका थिए ।

बिहान ९ बजेदेखि साँझ ४ः३० बजेसम्म सञ्चालन भएको शिविरमा जनरल फिजिसियन, दन्तरोग, कान–नाक–घाँटी ९भ्ल्त्०, आँखा र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवाहरू उपलब्ध गराइएको थियो । शिविरबाट गाउँपालिकाका १५१ जना महिला र १०१ जना पुरुष गरी कुल २५२ जना स्थानीय सर्वसाधारणले निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श लिएका छन्। ।

शिविरको उद्घाटन तथा अनुगमन गर्न लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राई, उदयपुरका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, श्री पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी मनोज कार्की, जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरू तथा सम्बन्धित वडाका जनप्रतिनिधिहरू उपस्थित हुनुहुन्थ्यो ।

गाउँपालिका अध्यक्ष मेजर कुमार राईले दुर्गम क्षेत्रका बासिन्दालाई घरआँगनमै विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउन नेपाली सेनासँगको सहकार्य निकै फलदायी भएको बताउनुभयो । उहाँले यस्ता शिविरहरू नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

यसअघि पनि नेपाली सेना र स्थानीय तहको सहकार्यमा लिम्चुङबुङ क्षेत्रमा विभिन्न समयमा स्वास्थ्य तथा अन्य सामाजिक सेवाका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। ।